२९ आश्विन २०८३, बिहिबार

प्रवासीमैत्री कानुन बनाउन प्रवासी नेपाली मञ्चद्वारा सरकार र दलको ध्यानाकर्षण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मञ्चका अध्यक्ष भक्त गुरुङ

काठमाडौं, ६ असोज । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रवासी नेपालीमैत्री संविधान, ऐन, नियम र कानुनहरू बनाउन सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।

एमालेसँग आबद्ध प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले वक्तव्य जारी गर्दै सरकार र नेपालका राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् ।

प्रवासी नेपालीहरू संविधान निर्माणपछि देशको कुल आम्दानीको ३३ प्रतिशत योगदान दिने विप्रेषणकर्ता भए पनि उनीहरूको हकअधिकार सुनिश्चित गराउने सवालमा प्रगति नभएकोतर्फ मञ्चले ध्यानाकर्षण गराएको हो ।

त्यस्तै, प्रवासी नेपाली मञ्चको मागअनुसार नागरिकताको समस्या सम्बोधन गर्न पनि माग गरिएको छ ।

मञ्चले जारी एक वक्तव्यमा भनिएको छ, ‘वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र आकर्षक बनाइनुपर्नेमा यसलाई मुद्रा दोहनको माध्यम बनाइयो । प्रवासी नेपालीको जीवन सुरक्षा, स्वास्थ्य सुरक्षा, रोजगारीको ग्यारेन्टी, क्षमता अभिवृद्धिका शिक्षारतालिमहरूको व्यवस्था, आर्जन गरेका सीप, ज्ञान, पुँजी, प्रविधिलाई स्वदेशसँग जोड्ने ठोस काम हुन बाँकी नै रहे, प्रवासी नेपालीहरूद्वारा स्वदेशमा गरिएका लगानी सुरक्षित हुनुको सट्टा असुरक्षा बढ्दै गएको छ ।’