
भक्तपुर, ६ असोज । भक्तपुरमा १५ वर्षीया एक जना बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली पक्राउ परेका छन् ।
उनलाई बुधबार दिउँसो प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया