
काठमाडौं, ६ असोज । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधसभा निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिका प्रवक्ताको जिम्मेवारी सह–महामन्त्री जीवन परियारलाई दिइएको छ ।
आज बिहीबार बसेको समितिको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम पार्टीका सह–महामन्त्री परियारलाई ‘घोषणापत्र तयारी समितिको प्रवक्ता’ को जिम्मेवारी तोकेको हो ।
समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने समितिले जनाएको छ ।















प्रतिक्रिया