३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपतिले उठाएको प्रश्नको उपेक्षा गर्नु गठबन्धनको ठूलो भूल हो : पूर्वराजदूत आचार्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । भारतका लागि नेपालका पूर्वराजदूत एवम् संविधानविद् निलाम्बर आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम स्वागतयोग्य भएको बताएका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर आलोचना भइरहँदा उनले उक्त कदमको बचाउ गर्दै स्वागतयोग्य भएको बताएका हुन् ।

निर्वाचनको मुखमा सम्पूर्ण प्रक्रिया नअपनाई व्यापक विचारविमर्शलाई पन्छाई नागरिकताजस्तो विषयमा निर्णय गर्नु नै गलत भएको उनको टिप्पणी छ ।

कुटनीतिज्ञ समेत रहेका आचार्यले राष्ट्रपतिले सन्देशमा उठाएका प्रश्नको उपेक्षा गर्नु गठबन्धनका दलहरूको ठूलो गल्ती भएको बताएका छन् ।