३ कार्तिक २०८३, मंगलबार

मसलको भाषा बोल्ने हो भने एमालेले ठिक पार्छ : अध्यक्ष ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन दलहरूले मसल्सको भाषा बोल्न थालेको भन्दै एमालेले ठिक पार्ने चेतावनी दिएका छन् ।

आज बिहीबार पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही–१ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिनलगायतलाई एमाले प्रवेश गराउँदै ओलीले यस्तो चेतावनी दिएका हुन् ।

गठबन्धन दलहरूले पछिल्लो समय मसलको भाषा मात्र बोल्न थालेको भन्दै अध्यक्ष ओलीले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिएका छन् ।

‘अहङ्कारी क्रियाकलाप नगर्न सचेत गराउन चाहन्छु,’ ओलीले भने, ‘मान्दै मान्दैन भने मंसिर ४ गते हिसाब किताब जनताले गर्छन् ।’