शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

राष्ट्रपतिको कदम गलत छैन : एमाले

दैनिक नेपाल २०७९ असोज ६ गते १३:२४

काठमाडौं, ६ असोज । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नू गलत नभएको बताएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको समेत बताएका छन् ।

पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा गर्दा अहिलेको समस्या आएको उनका भनाइ छ ।

राष्ट्रपतिले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको विषयलाई सत्ता गठबन्धनले संसद बाहिरबाटै उपेक्षा गरेको महासचिव पोखरेलको आरोप छ । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्ने पक्षमै एमाले रहेर तत्कालीन समयमा नागरिकता अध्यादेश ल्याएको उनले बताए ।

अहिलेको गठबन्धनले अध्यादेश रोक्ने प्रयत्न नगरेको भए नागरिकताको समस्या पहिले नै समस्या भइसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित