शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ओलीको शीतल छहारी पाउने आशमा एमाले प्रवेश गरेँ : पूर्वमहानिरीक्षक खनाल

दैनिक नेपाल २०७९ असोज ६ गते १२:५८

काठमाडौं, ६ असोज । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममार्फत एमाले प्रवेश गरेका खनालले अध्यक्ष केपी शर्मा ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताएका छन् ।

देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ ।

त्यस्तै एमाले प्रवेश गर्दै खनालले पछिल्ला सात जना प्रधानमन्त्रीमा केपी ओली जस्तो राजनेता कोहि नभेट्टाएको बताउनुभयो । एमालेले राष्ट्रका लागि गरेको कामलाई देखेर आफु पनि एमाले प्रवेश गरेको उहाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित