बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ पनि एमालेमा प्रवेश, अरु को–को ?

दैनिक नेपाल २०७९ असोज ६ गते १२:३२

काठमाडौं, ६ असोज । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँलाई पनि एमालेमा स्वागत गरेका हुन् ।

मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही. १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन् ।

पछिल्लो समय विभिन्न पार्टी परित्याग गरेका तथा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरू समेत नेकपा एमालेमा प्रवेश गर्ने लहर बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित