३ कार्तिक २०८३, मंगलबार

मेयर बालेनको प्रश्न– टुकुचालाई खोला नदेख्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टुकुचामाथिको घर तथा टहरा भत्काउन रोक लगाउने अदालतमाथि गम्भीर प्रश्न तेर्स्र्याका छन् ।

उनले टुकुचा नदीलाई खोला भन्न नसक्ने अदालतले नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ भन्दै प्रश्न गरेका छन् ।

केहीबेरअघि सामाजिक सञ्जालमा पुरानो एउटा तस्वीरको साथमा उनले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’

आज उच्च अदालत पाटनले टुकुचा क्षेत्रमा महानगरले चलाइरहेको डोजरको विषयमा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसैमाथि बालेनको यो टिप्पणी लक्षित भएको स्पष्ट छ ।

महानगरले टुकुचामाथि बनाइएका संरचना भत्काउन थालेपछि त्यहाँ रहेका व्यवसायी र घरधनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका थिए ।