
काठमाडौं, ५ असोज । पूर्व कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको भावना अनुसार नै अगाडि बढेको दाबी गरेका छन् ।
राष्ट्रपतिले कुनै असंवैधानिक कदम नचालेको र संविधानको भावना अनुसार नै अघि बढेको उनको भनाइ छ । साथै राष्ट्रपतिले संविधानको उल्लंघन नगरेको पनि उनले स्पष्ट पारेका छन् ।
राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व राष्ट्रपतिले लिएको तर्क नेता तामाङको छ । यसअघि राष्ट्रपतिले दिएको सुझावलाई सत्तारुढ गठबन्धनले गम्भीर रुपमा नलिएको उनको भनाइ छ ।
तामाङले राष्ट्रपतिलाई अपमानित गर्ने कामप्रति घोर आपत्ति समेत जनाएका छन् ।















प्रतिक्रिया