शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रूसमा आशिंक रुपमा सेना परिचालन गर्ने पुटिनको घोषणा

दैनिक नेपाल २०७९ असोज ५ गते १८:३१

काठमाडौं, ५ असोज । रूसमा आंशिक रूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रुपमा सेना परिचालन गर्ने घोषणा गरेका हुन् ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ । “मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रिय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिक रुपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ,” उनले भनेका छन् ।

उनका अनुसार देशमा आंशिक रुपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशभरी आंशिक रुपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिए ।

उनले दोहो¥याउदै भने, “म फेरि पनि भन्छु, अहिले आंशिक रुपमा मात्रै सेना परिचालन गरिएको हो ।” उनले शान्तिपूर्ण निकासका लागि किभ तयार नभएको बताउँदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गरे ।

सम्बोधनको सुरुमा उनले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरु सक्रिय भएर लागिरहेको आरोप पनि लगाए । “उनीहरुलाई हामीलाई पहिला टुक्र्याउन चाहन्छन, त्यसपछि ध्वस्त पार्न चाहन्छन”, पुटिनले सम्बोधनका क्रममा भने ।

पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत संघ रहेको बेलामा पनि सो कुरा सिधै भन्ने गरेको पनि उनले स्मरण गरे । रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरुले चर्को विरोध गर्दै आएका छन् । उनीहरुले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित