२९ आश्विन २०८३, बिहिबार

डेंगुले महामारीको रूप लिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । महामारीका रूपमा देशभर डेंगु फैलिरहँदा सरकार भने संक्रमण नियन्त्रणमा उदासीन देखिएको छ । देशभर हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमण देखिसकेको अवस्थामा २१ जनाको मृत्यु भइसकेको छ ।

दैनिक डेंगु संक्रमणसँगै मृत्यु हुने दरसमेत बढिरहेको छ तर सरकारले डेंगुलाई ‘राष्ट्रिय प्रकोप’का रूपमा घोषणा गर्न ढिलाइ गरेको छ । पछिल्लो समय देशको ७५ जिल्लामा संक्रमण बढ्दै जान थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

सरकारले विज्ञको सुझाव मानेर तत्काल निर्णय गर्नुको साटो अझै पनि स्वास्थ्य मन्त्रालय पर्ख र हेरको रणनीतिमा छ । नियन्त्रणका लागि ¥यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।