
काठमाडौं, ५ असोज । एनएमबि बैंकका दुई जना नायब महाप्रबन्धक नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन् ।
नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरे डीसीईओ पदमा बढुवा भएका हुन् ।
गत भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनीहरूलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।
यो निर्णय यही असोज ११ गतेदेखि लागू हुने बताइएको छ ।















प्रतिक्रिया