
काठमाडौं, ४ असोज । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा हिजो बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा रहेका देवी भट्टचनले प्रत्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन् ।
कांग्रेसले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेकाले त्यहाँबाट बिद्रोह गरेर स्वतन्त्र रुपमा निर्वाचन लड्ने निर्णयमा पुगेको भट्टचनको भनाइ छ । कांग्रेसले हिजो बुझाएको प्रतिनिधिसभातर्फको बन्दसूचीमा भट्टचनको नाम छैटौं नम्बरमा राखेको थियो ।
प्राथमिकताको आधारमा त्यो पोजिसन आफ्ना लागि अन्याय हुने भन्दै उनले कांग्रेसबाट बिद्रोह गरेका हुन् ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनले अब कांग्रेस त्यागेर बाग्लुङको निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् ।
स्वतन्त्र रुपमा उम्मेदवार बन्न लागेका उनले चुनाव चिह्न भने नेकपा एमालेको सूर्य लिने तयारी भइरहेको बताएका छन् ।















प्रतिक्रिया