
काठमाडौं, ४ असोज । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।
बैंकले यही असोज ६ गते देखि असोज ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा ईभी एक्स्पो, २०२२’मा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने भएको छ ।
वातावरण तथा दीगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।
यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी–१२ मा ग्राहकलाई तत्काल ऋण मूल्याङ्कन गरी कर्जा स्वीकृती पत्र शर्तहरू लागू हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।















प्रतिक्रिया