
काठमाडौं, ४ असोज । सानिमा बैंकले ग्राहकहरूको सुविधाका लागि ‘क्यास डिपोजिट मेशिन’ सञ्चालनमा ल्याएको छ ।
उक्त मेशिनबाट ग्राहकहरू आफैले नै खातामा रकम जम्मा गर्न सक्ने छन् । यो सुबिधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने विश्वास बैंकले लिएको जनाएको छ ।
हाल उक्त मेशिनबाट ग्राहकले रू. ५०० र १००० दरका रू. १ लाख भन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्ने छन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्ने छन् ।
हाल यो सुबिधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट मात्रै प्राप्त हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सानिमा बैंकको देशभर १२७ कार्यालय र १२० वटा एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।















प्रतिक्रिया