३ कार्तिक २०८३, मंगलबार

एमालेको समानुपातिक बन्दसूचीमा को–को परे ?

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले हिजो सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगलाई बुझाएको छ ।

आयोगलाई बुझाएको उक्त बन्दसूचीमा पार्टीका स्थायी कमिटी सदस्यद्वय रघुजी पन्त र गोरबहादुर बोगटीसहित नेतृत्व तहका नेताहरूको नाम पनि समावेश छ ।

प्राप्त जानकारी अनुसार एमालेको समानुपातिक बन्दसूचीमा पन्त र बोगटीसहित मेनका काफ्ले, निर्मला शर्मा, भारती पाठक, खगेन्द्र राई, हेमराज राई, दयाल बहादुर शाही, ईश्वर बहादुर बिक र अमृतलाल राजवंसीलगायतको नाम बन्दसूचीमा परेका छन् ।