३ कार्तिक २०८३, मंगलबार

एमाले सधैं श्रमिकको साथमा छ : केन्द्रीय सदस्य राना

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ४ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज रामेश्वर रानाले नेकपा एमाले सधैं श्रमिकको पक्षमा रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) हेटौंडा उपमहानगर पालिका कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रानाले एमाले सधैं श्रमिकको पक्षमा रहेको बताएका हुन् ।

श्रमिककै हितका लागि एमालेले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गरेको उनको भनाइ छ । सबै श्रमिकहरूका लागि सामाजिक सुरक्षाको थप ग्यारेन्टी पनि एमालेले नै गर्ने उनले बताए ।

आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताउँदै रानाले आगामी मंसिर ४ गतेको चुनावपछि एमालेको सरकार बन्ने दाबी पनि गरेका छन् । सामाजिक न्याय र लोककल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि एमालेलाई जिताउन श्रमिकको सम्पूर्ण शक्ति परिचालित हुन पनि उनले आग्रह गरेका छन् ।

कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले श्रमिकहरुले बनाएको पार्टीको संरक्षण श्रमिकहरुले नै गर्नुपर्ने बताए । आगामी निर्वाचनमा एमालेलाई जिताउन हरेक श्रमिकले २ मत बढाउने र ५ मत सुरक्षा गर्ने कामका लागि योजना बनाएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्यहरु एवम् मजदुर इञ्चार्ज अर्जुन ढुङ्गेल र गिता कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति तथा कार्यक्रम बारेमा जानकारी गराएका थिए । यसैगरी उपाध्यक्ष अर्जुन अर्यालले ट्रेड युनियन र राजनिती बारे प्रशिक्षण गराएको पार्टी सचिव नवीन सिग्देलले बताए ।

भेलाले नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मजदुर इञ्चार्ज अर्जुन ढुङ्गेलको संयोजकत्वमा जिफन्ट आवद्ध घटकका प्रतिष्ठान इकाई तहका कमिटीका पदाधिकारी सदस्यहरु रहेको ३५१ सदस्यीय मजदुर क्षेत्र निर्वाचन परिचालन कमिटी समेत निर्माण गरेको छ ।