
काठमाडौं, ४ असोज । विगत नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकार असफल भएको छ ।
स्वास्थ्य सेवा सुधारका माग राखेर नौ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यवस्था नाजुक बनेसँगै सुविधासम्पन्न अस्पतालमा उपचार गराउन भन्दै सरकारले काठमाडौं ल्याउने तयारी गरेको थियो ।
केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर धनगढी पुगे पनि रित्तै फर्किएको छ । अनसनरत केसीले आफ्ना माग पूरा नभइ काठमाडौं नफर्किने अडान लिदै आएका छन् ।















प्रतिक्रिया