३ कार्तिक २०८३, मंगलबार

बलात्कार आरोपीको परिचय खुलाउन नपाइने आदेश माग्दै सर्वोच्चमा रिट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । बलात्कार तथा यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिको परिचय नखुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लागेको कसूर पुष्टि नहुँदै आरोपीको नाम खुलाएर मिडिया ट्रायल गर्ने प्रवृत्तिको अन्त्य गर्न माग गर्दै रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई, ईश्वर देवकोटा र जगन्नाथ दुलालले उक्त रिट दर्ता गराएका हुन् । दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।

‘यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी अभियोग लागेका अभियुत्तलाई न्याय सम्पादन गर्ने क्रममा सांकेतिक ना प्रदान गर्नु भनि विपक्षीको नाममा संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम परमादेश आदेश जारी गरी पाऊँ,’ रिटमा उल्लेख गरिएको छ ।

रिटमा गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ ।