३ कार्तिक २०८३, मंगलबार

काङ्ग्रेस र नेकपा एस परित्याग गरेर दर्जनौँ युवा एमालेमा प्रवेश, ईश्वर पोखरेलबाट स्वागत

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन् ।

काठमाडौंको बुढानीलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेमा प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु छन् । उनीहरु नेपाली काङ्ग्रेस र एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुलाई एमालेले सँधै प्राथमिकतामा दिएको बताए । एमालेले युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानीलकण्ठ नगरपालिका ७ मा मतदाता र अगुवा कार्यकर्ताहरुले आयोजना गरेको छलफलमा पनि सहभागी भएका छन् ।