
धयरे (तनहुँ), ४ असोज । उपकार वचत तथा ऋण सहकारीको १२औँ साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा उपाध्यक्ष वालकृष्ण घिमिरे रहेका थिए ।
२०६७ सालमा स्थापना भई कार्य गर्दै आइरहेको सहकारीमा हालसम्म ३००० क्रियाशील शेयर सदस्य र ३० करोड वरोवरको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । सहकारीले सामाजिक सेवामा पनि काम गर्दै आएको र भोलिका दिनमा पनि सवैको साथ र सहयोगले सहकारीलाई अगाडि बढाउने बताए ।
यसैगरि संस्थाको निवर्तमान अध्यक्ष रामभक्त घिमिरेले संस्थाको स्थापना कालदेखि आजसम्मका मिति सम्म आइपुग्दा सस्थाले खेलेको भूमिकाको वारेमा चर्चा गरेका थिए । स्थानीय स्तरमा जनसमुदायको व्यापक सहभागितमा संस्था स्थापना गरिएको र शेयर सदस्यको आर्थिक, समाजिक हैसियत उकास्नका लागी सहकारीले भूमिका खेल्नुपर्ने बताए । सबै शेयर सदस्यहरुको सक्रियता नै आजको अवस्था भएको निवर्तमान अध्यक्ष घिमिरेले वताए ।
यसैगरी विशिष्ट अतिथि बालकृष्ण घिमिरेले सहकारीले सहकारीको मूल्य र मान्यता अनुरुप काम गर्नुपर्ने बताए । सहकारी जनसमुदायको आर्थिक उपार्जनको मुख्य कडी भएको हुँदा सहकारीको विश्वसनियत बढाउनुपर्ने बताए ।
यसैगरी प्रमुख अतिथि श्रेष्ठले सहकारीले कृषि र उत्पादनमा प्रोत्साहन दिनुपर्ने बताए । आम समुदायसँग प्रत्यक्ष जोडिएको सहकारी जनमैत्री हुनुपर्ने र सदस्यहरुको दीगो आर्थिक विकासमा टेवा पुर्याउने खालको हुनुपर्दछ ।
विजय घिमिरेले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष नरमाया आलेले आर्थिक प्रतिवेदन, दिपेन्द्र पण्डितले ऋण, अम्विका घिमिरेले शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।















प्रतिक्रिया