![]()
काठमाडौं, ४ असोज । आफ्नो चाहनाअनुसार काम नगरेपछि वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयमातहतका कर्मचारीहरू अस्वाभाविक रूपमा चलाएका छन्। मन्त्रालयमा आएलगत्तै यादवले मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा विधि र परम्पार मिच्दै कर्मचारीहरूको जिम्मेवारी फेरबदल गरेका हुन्।
काठ मापनसम्बन्धी (सूत्र) तथा झ्याउ संकलन तथा निकासीसम्बन्धी वन नियमावली, २०७९ लाई परिमार्जन गर्न मस्यौदा तयार गर्न गठित कार्यदलको संयोजकसमेत रहेका वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीलाई अपमान गर्दै वन मन्त्री यादवले अघिल्लो साता वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशक पदमा लगेका थिए। दीपेशमनि त्रिपाठीलाई विभागको महानिर्देशकमा ल्याउन केसीलाई विभागबाट सरुवा गरिएको थियो।
केसीले प्रशिक्षण केन्द्रमा आफूले हाजिरी नगर्ने, बरू जागिरी छाड्ने अडान लिएपछि मन्त्री यादव केही लचिलो भए। केसीलाई चुरे उत्थानशील आयोजनाको प्रमुख बनाइ सरुवा गरे। त्यहाँ पनि केसीले हाजिरी गरेका छैनन्।
केसीनिकट स्रोतका अनुसार उनले अझै ४÷५ दिन हाजिरी नगर्ने सोच बनाएका छन्। मन्त्रालय स्रोतका अनुसार केसीले तयार गरेको प्रतिवेदनमा १० क्युफिट (घनमिटर) बराबरको काठ मापन विधिलाई बढाएर १२ देखि साढे १२ सम्म क्युफिट पु¥याउन प्रस्ताव गरिएको छ। यसबाट काठ खरिद गर्न व्यापारीलाई घाटा हुने र राज्यलाई राजस्व बढ्ने निश्चित छ। यसबाट काठसँग सम्बन्धित व्यापारीहरू खुसी नभएको स्रोतको भनाइ छ। राज्यलाई राजस्व थप उठ्ने गरी तयार गरिएको प्रस्तावमा मन्त्री यादव सकारात्मक नभएको बताइएको छ। ‘त्यसैले यो प्रस्ताव मन्त्रिपरिषद्सम्म लगिएको छैन,’ स्रोतले भन्यो। केही समयअघि नै कार्यदले प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाइसकेको छ। आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया