शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मेक्सिकोमा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

दैनिक नेपाल २०७९ असोज ४ गते ७:५१

मेक्सिको सिटी, ४ असोज । मेक्सिकोमा ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेक्सिको सिटीमा सयौं माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको हो । राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्वीटर मार्फत बन्दरगाह सहर मान्जानिलो, कोलिमामा एक सपिङ मलको पर्खाल भत्किँदा एक व्यक्तिको मृत्यु भएको जनाएका छन् ।

सोमबार दिउँसो १ बजे स्थानीय समय अनुसार यूएस जियोलोजिक सर्भेले सुरुमा ७.५ म्याग्निच्युड राखेको थियो ।

Image: People remain in the street after an earthquake in Mexico City on September 19, 2022.

भूकम्पको केन्द्रविन्दु कोलिमा र मिचोआकान राज्यको सिमाना नजिकै अक्विलाको ३७ किलोमिटर (२३ माइल) दक्षिणपूर्वमा र १५.१ किलोमिटर (९.४ माइल) गहिराइमा केन्द्रित रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित