३ कार्तिक २०८३, मंगलबार

संसद पुनर्स्थापना गरेर चोलेन्द्र शमशेर जबराले गल्ती गरे : प्रेम सुवाल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महाअभियोग लागेका चोलेन्द्रशमशेर जबराको समूहले संसद् पुनर्स्थापना गरेर गल्ती गरेको धारणा राखेका छन् ।

संसद् विघटन गरी नयाँ जनादेशका लागि चुनावमा जानसक्ने अधिकारविरुद्ध संसदलाई पुनर्स्थापना गरेर गल्ती गरेको पार्टीको धारणा रहेको सचिव सुवालले बताए ।

संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा भएको प्रवचन कार्यक्रममा सचिव सुवालले न्यायालयले शक्ति पृथकीकरण सिद्धान्तको विपरीत हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाए ।

न्याय माफियाको कब्जामा रहेको आरोप लगाउँदै सुवालले न्यायाधीश र वकिलको कब्जामा न्यायालय पुगेको भनाई राखे । न्यायालय पनि सेटिङगमा चल्ने गरेको आरोप उनको थियो ।

उनले संसद् विघटन प्रधानमन्त्रीको भरेको बन्दुक सरह हुने भन्दै जबराले गरेको संसद् पुनर्स्थापना ताजा जनादेश लिने चुनावको विपक्षमा रहेको बताए । ‘चुनावमा जानलाई रोक्नु राम्रो परमादेश होइन’, उनले भने ।