३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नागरिकता विधेयक पारित गर्ने विषयमा छलफल भएको बताइएको छ । यद्यपि, यसबारे सार्वजनिक रूपमा केही बताइएको छैन ।

संघीय संसद्‌का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो । प्रमाणीकरणका लागि पठाइएको मंगलबार १५ दिन पुग्दैछ ।