३ कार्तिक २०८३, मंगलबार

सर्लाहीका गार्मेन्ट व्यवसायीमाथि गोठाटारमा कसले चलायो गोली ?

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ३ असोज । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा सर्लाहीका गार्मेन्ट व्यवसायी लाल महम्मदमाथि चार राउण्ड गोली प्रहार भएको छ ।

गोली प्रहारबाट घाइते भएका उनलाई शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि अहिले टिचिङ अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार महम्मदको टाउकोमा दुईवटा गोली लागेको छ । त्यस्तै कम्मर र कोखामा एक–एक गोली लागेको बताइएको छ ।

घाइते हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदको अवस्था गम्भीर छ । सोमबार साँझ गोठाटारको कृष्ण मन्दिरनजिकै उक्त गोली लागेको भए पनि किन र कसले गोली चलायो भन्नेबारे खुलेको छैन ।

सर्वसाधारणले नै गोली चलाएको हुनसक्ने प्रहरीको पूर्वानुमान छ । अहिले घटनास्थलमा प्रहरीले थप अपरेश चलाइरहेको बताइएको छ ।