शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, उपत्यकामा कति छन् सक्रिय सङ्क्रमित ?

दैनिक नेपाल २०७९ असोज ३ गते १९:०६

काठमाडौं, ३ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ८८ जनाको पिसिआर र एक हजार चार सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा एक सय ६५ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार पाँच सय ६० पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ४० रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार छ सय ७८, संस्थागत आइसोलेशनमा ६२ र आइसियुमा २० सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम र दार्चुला छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा छ सय ६८, ललितपुरमा दुई सय ७२ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित