२९ आश्विन २०८३, बिहिबार

ओएनएफ अष्ट्रेलियाको सल्लाहकार समिति र विभागीय प्रमुखमा को-को छानिए ?

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया, ३ असोज । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको हालै सम्पन्न पाँचौं अधिवेशनपश्चात् निर्वाचित राष्ट्रिय कमिटीले सल्लाहकार समिति र विभागीय प्रमुखहरू छानेको छ ।

कमिटीको प्रथम बैठकले राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसरसहित विभागीय प्रमुखहरु तोक्नाका साथै पश्चिम अस्ट्रेलियाका भैरब ढकाललाई सल्लाहकारमा चयन गरेको छ ।

मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डेको प्रमुख आतिथ्य र अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज डा. विनोद श्रेष्ठको बिषेश आतिथ्य, ओशियाना अध्यक्ष राजु उपाध्याय र सचिव रमेश पौडेलको आतिथ्यमा भएको बैठकले सल्लाहकार समितिकाे प्रमुखमा डा. जगदिश तिमिल्सिना र सदस्यहरुमा धर्म राज अधिकारी, भवानी ओली, महेन्द्र बहादुर कार्की, होम पाण्डे, डा.हेमाङ्ग शर्मा, डा. राम आचार्य, भैरब ढकाल, शिशिर नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

भर्चुअल माध्यमबाट भएको बैठकले पब्लिक रिलेशन अफिसरमा मञ्चका सचिव प्रकाश पन्थीलाई नियुक्त गरेको छ भने ११ वटा विभिन्न विभागहरु पनि गठन गरेको छ ।

जसमा प्रचार विभागप्रमुखको जिम्मेवारी अशिम कोइराला र उपप्रमुखको जिम्मेवारी प्रेम प्रकाश शाहीलाई दिइएको छ । त्यस्तै संगठन विभाग प्रमुखमा बालगोपाल उपाध्याय र उपप्रमुखमा कृष्ण सापकोटा, महिला विभागको प्रमुखमा सिता थापा, युवा विभागको प्रमुखमा भुवन पाण्डे र उपप्रमुखमा विशाल राना मगरलाई जिम्मा दिइएको छ ।

त्यस्तै उद्यमशीलता विभागको प्रमुखमा बिजय फुयाल, ज्ञान तथा शीप बिभागको प्रमुखमा किशोर भण्डारी र उपप्रमुखमा बीएन मण्डल, सामाजिक संघ संस्था विभागको प्रमुखमा केशब जोशी, सामाजिक कल्याण बिभागको प्रमुखमा नरवीर नेम्वाङ्ग र उपप्रमुखमा नारायण बस्नेतलाई छानिएको छ ।

त्यस्तै आर्थिक विभाग प्रमुखमा दिपक पहारी र उपप्रमुखमा दिनेश पाण्डे, खेलकुद विभाग प्रमुखमा दिनेश पाण्डे र उपप्रमुखमा प्रभात मगर, पर्यटन प्रवर्द्धन बिभागको प्रमुखमा सूर्य मोहन शर्मा र उपप्रमुखमा प्रकाश पौडेल चयन भएका छ ।

प्रचार विभाग प्रमुख अशिम कोइरालाले जारी गरेको विज्ञप्ति अनुसार १२ सदस्यीय सचिवालय गठन गरिएको छ । जसमा अध्यक्ष केशव जोशी, उपाध्यक्षहरु राम घिमिरे, बालगोपाल उपाध्याय, चिन बहादुर नेपाली सचिव प्रकाश पन्थी, उप सचिवहरु होम नाथ निरौला, हेम खनाल, अशिम कोईराला, आर्थिक विभाग प्रमुख दिपक पहारी र सदस्यहरु सिता केशी, भुवन पाण्डे, विएन मण्डल रहेका छन् ।

राज्य कमिटीको इन्चार्जमा न्यु साउथ वेल्स- राम घिमिरे, कुइन्सल्याण्ड- चिन बहादुर नेपाली, साउथ अष्ट्रेलिया- बालगोपाल उपाध्याय, वेस्टन अष्ट्रेलिया- होम नाथ निरौला, भिक्टोरिया- हेम खनाल, तास्मानिया- सुजन लामिछाने, नर्दन टेरोटेरी- भवानी पौडेल, अष्ट्रेलियन क्यापिटल टेरोटेरी- किशोर भण्डारी तोकिएको छ |

गत अगष्ट २७ र २८ सिड्नीमा सम्पन्न पाचौ अधिवेशनको समिक्षा गर्दै उक्त बैठकले अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको त्यसलाइ सफल बनाउन भुमिका खेल्नु हुने आयोजक तथा स्वयंसेवकहरुमा विशेष धन्यवाद तथा नेपालबाट आउनु भएका नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई सहित सम्पुर्ण अतिथिहरुमा आभार व्यक्त गरेको छ ।

यसै गरि मञ्चका अष्ट्रेलिया अध्यक्ष केशब जोशीले प्रथम बैठकबाट राष्ट्रिय कमिटीका सदस्यहरुको कार्य विभाजन गरिएको र आगामी बैठकहरुबाट विभागलाई पुर्णता दिने बताए । उनले आगामी नोभेम्वर ५-६ मा काठमाडौंमा हुने मञ्चको अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशनमा अष्ट्रेलियाबाट २५ प्रतिनिधिहरु सहभागी हुने समेत बताए ।