३ कार्तिक २०८३, मंगलबार

सेगवेले ल्यायो‘दशै तिहार सेगवेको साथ, उपहार ७’ अफर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । सेगवे नाइनवटका दुई प्रिमियम विद्युतीय स्कुटरको बिक्री गर्दै आएको आइ हब प्रालिले दशैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ ।

कम्पनीले ‘दशै तिहार सेगवेको साथ, उपहार ७’ नामक स्कीम ल्याएको हो ।

यो स्किम अन्तर्गत कम्पनीका ग्राहकले सेगवेका कुनै पनि स्कुटर खरिद गरेमा स्मार्ट ब्यान्ड, १० हजार नगद छुट, एक वर्षको इन्स्योरेन्स र वार्षिक कर उपहारमा पाउन सक्नेछन् ।

यसका साथै लक्की ड्रमार्फत सेगवेका किक स्कुटर, स्मार्ट ब्यान्ड तथा स्मार्ट फोनहरु जित्न सकिने योजना लागु भएको हो । साथै, स्कीममा स्कुटर किन्नेले एक्सचेन्ज तथा फाइनान्स सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।