३ कार्तिक २०८३, मंगलबार

स्मार्टच्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भिस (गेटवे पेमेन्ट सर्भिस)ले सञ्चालन थालनीको तैयारी गरेको यूपीआई नेपाल क्यूआर (यूपीआई नेपाल क्यूआर) बीच अन्तरआवद्धताका लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिजको प्राङ्गणमा आयोजित कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भिसको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मीबीच सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान भएको छ ।

सम्झौतापश्चात् यूपीआई नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न ब्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवाप्रदायक (पीएसपी) वालेट तथा मोबाइल बैंकिङ्ग एपमार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन भने स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापार-व्यवसायले यूपीआई नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरूमार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ ।