३ कार्तिक २०८३, मंगलबार

जितिया पर्वमा आमासँगै खोलामा नुहाउन गएका बालक बेपत्ता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साङ्केतिक तस्वीर

नवलपरासी पश्चिम, २ असोज । नवलपरासी पश्चिममा आमासँगै नुहाउन गएका ११ वर्षे बालक अंगद माली बेपत्ता भएका छन् ।

जिल्लाको प्रतापपुर गाउँपालिका–६ स्थित टुटहा पुलको कंगली खोलामा डुबेर हराइरहेको प्रहरीले बताएको छ ।

प्रतापपुर गाउँपालिका–६ गुठी परसौनी गाउँका स्थानीय रामकान्त मालीको ११ वर्षे छोरा जितिया पर्वको अवसरमा खोलामा स्नान गर्ने परम्परा अनुसार स्नान गर्न जाँदा आमासँगै गएका छोरा नुहाउने क्रममा बेलुका साढे पाँच बजे पानीमा हराइरहेको प्रहरी चौकी रामनगरका प्रमुख धर्म बहादुर कुँवरले बताए ।

स्थानीयवासीका अनुसार व्रतालु महिलाहरू अपराह्न नदीमा नुहाउन जान लाग्दा आमाका साथमा बच्चाहरू समेत गएका थिए । तर, आफुखुशी नुहाउने क्रममा डुब्न लागेका दुई जनाको स्थानीयले उद्दार गरेका थिए ।

११ वर्षे बालक माली कतै नभेटिएपछि उनी पानीमा डुबेको हुनसक्ने अनुमानको अधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य शुरु गरेका हुन् । अहिले उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसैगरी जितिया पर्वको अवसरमा प्रतापपुर गाउँपालिका–६ पश्चिम गण्डक नहरको हरपुर (झुलनिपुर) छठ घाटस्थित स्नान गर्न आएकी दुई जना भारतीय व्रतालु महिला स्नान गर्ने क्रममा डुब्न लागेको अवस्थामा स्थानीयले देखेपछि बचाएका हुन् ।