
काठमाडौं, २ असोज । आईएमई–पेका प्रयोगकर्ताले नेपाली ब्राण्ड गोल्डस्टारको जुत्ता खरीद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सुविधा उपलब्ध गराउने आईएमई–पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी भएको छ । सम्झौता अनुसार आईएमई–पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।
जस अनुसार गोल्डस्टार जुत्ताले आईएमई–पेलाई ४६ दिनको जारी क्याम्पेन अवधिभर हरेक दिन एक जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । साथै, प्रयोगकर्ताहरुले आईएमई–पे एपमार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरीद गर्दा फ्लाटमा २०% क्यासब्याक पनि प्राप्त गर्ने भएका छन् ।
कम्पनीका अनुसार आईएमई–पेको दशैँ क्याम्पेनमा हरेक दिन एक जना भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउने छन् । सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्न बताइएको छ ।















प्रतिक्रिया