३ कार्तिक २०८३, मंगलबार

एमालेले कसरी टुङ्ग्यायो समानुपातिक उम्मेदवारको नामावली ? यस्तो छ प्रदेशगत विवरण (सूची)

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बन्दसूचीमा समावेश हुने समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली तयार पारेको छ ।

शनिबार र आइतबार बसेको पार्टी सचिवालयको १२औं बैठकले प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो ।

पार्टी अध्यक्ष ओलीको निवास बालकोटमा बसेको बैठकले सात वटै प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय कमिटी, २२ वटा जनवर्गीय सङ्गठनहरूले सिफारिस गरेका नामावलीमाथि छलफल गरी उक्त नामावली टुङ्गो लगाएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतिनिधिसभाका लागि आदिवासी जनजातीबाट १६ जना महिलासहित ३२ जना, खसआर्यबाट १७÷१७ जना गरी ३४ जना, थारुबाट ४ जना महिलासहित ७ जना, दलितबाट ८ जना महिलासहित १५ जना, मधेशीबाट ९ जना महिलासहित १७ जना र मुस्लिम क्लष्टरबाट ३ जना महिलासहित ५ जनाको बन्दसूची तयार पारिएको छ ।

त्यस्तै पिछडिएको क्षेत्रबाट समेत ५ जनाको नाम बन्दसूचीका लागि तयार पारिएको विष्टले जानकारी दिए । प्रतिनिधिसभातर्फ कुल ११० जनामध्ये ५७ जना महिला र ५३ जना पुरुष उम्मेदवार छन् ।

त्यस्तै प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरि ४३ जना, बागमती महिला २४ जना नघट्ने गरि ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरि २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरि ३५ जना, कर्णालीमा ८ महिला नघट्ने गरि १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरि २१ जनाको नाम तयार गरिएको एमालेले जनाएको छ ।

तयार पारिएको नामावली भोलि निर्वाचन आयोगमा बुझाउने एमालेको तयारी छ । आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन आज र भोलि समय निर्धारण गरेको छ ।

हेर्नुहोस् सूची