
झापा, २ असोज । आफ्नो श्रीमान घरमा नभएको मौकामा झापाकी एक युवती बलात्कृत भएकी छिन् ।
उदयपुरको बेलका नगरपालिका–९ घर भएका ३२ वर्षीय मन्दिप पुरीले ती १९ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–७ स्थित मणि राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने पुरीलाई घटनापछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।
उनले ती महिलाको श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया