
काठमाडौं, २ असोज । पुनर्जागरण पार्टीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरजवरालाई निर्वाद रूपमा सर्वोच्च फर्किन दिन आग्रह गरेको छ ।
सो पार्टीका महामन्त्री रवि किरण हमालले प्रतिनिधिसभमा रहेको सदस्यका आधारमा पनि एमाले र लोसपा तयार नहुँदा दुईतिहाई नपुग्ने भएका कारण महाअभियोग बिफल भएको बताउँदै यस्तो आग्रह गरेका हुन् ।
नेपाल बार एसोसिएशन कुनै साझा संस्था नभई दलमा लागेका अधिवक्ताहरुको झुन्ड रहेको आरोप महामन्त्री किरणको छ ।
कार्यपालिकालाई न्यायपालिकामाथि हस्तक्षेप नगर्न चेतावनी दिँदै महामन्त्री किरणले लेखेका छन् ‘न्यायलयमा पुनर्जागरण आवश्यक छ । त्यसका लागि न्यायलयमा दलका कार्यकर्ता भर्ती गर्ने, त्रुटीपूर्ण अलोकतान्त्रिक न्याय परिषद संरचना र शक्ति पृथकीकरणलाई अवरोध गर्ने कुरालाई खरानी बनाउनेतर्फ सोचौं ।’















प्रतिक्रिया