३ कार्तिक २०८३, मंगलबार

हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार (फोटो फिचर)

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर गणेश शिबाकोटीको फेसबुकबाट

काठमाडौं, २ असोज । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरी हाल काठमाडौं ल्याइएको छ । उनको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

शिक्षक शिवाकोटी हेलम्बु-१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो ।

शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए । उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।

उद्धारकर्ता नेपाली सेनाबाट प्राप्त तस्वीहरू–