शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ह्याप्पी म्यारिज एनिभर्सरी प्रिया

युवराज रोईला २०७९ असोज २ गते १२:४८

– युवराज रोईला

विवाह एक पवित्र बन्धन हो ।

जसलाई साँस्कृतिक र प्रायः कानुनी रूपमा मान्यता प्राप्त व्यक्तिहरू बीचको मिलन पनि भनिन्छ ।

विवाहले श्रीमान र श्रीमतीलाई सदा–सदाका निम्ति एक ठाउँमा जोड्ने काम गर्दछ । जसले श्रीमान् र श्रीमती एक–अर्काका परिवारहरू बीचमा माया, स्नेहका साथसाथै अधिकार र दायित्वहरू पनि स्थापना गरेको हुन्छ ।

अझ भनौँ हाम्रो नेपाली समाजमा विवाहलाई एक रथका दुई पाङ्ग्राका रूपमा पनि चित्रण गर्ने चलन रहिआएको छ । हाम्रो नेपाली संस्कृति अनुसार कुनै पनि यौन क्रियाकलापमा संलग्न हुनुपूर्व विवाह गरिन्छ वा अनिवार्य मानिन्छ । विवाह प्रायः आमाबाबुको छनौट र व्यक्तिगत इच्छाबाट प्रभावित भएको हुन्छ ।

सामान्यतयाः मानिस विवाह बन्धनमा बाँधिनुपूर्व विवाहलाई लिएर ऊभित्र अनेकन विचारहरूको बिजारोपण हुने गर्दछन् । मुलतः महिला तथा पुरुषहरूमा मेरो जीवन साथी आफूले भनेअनुसार, चाहेअनुसार, सोचेअनुसार र खोजेअनुसार होस्, जीवन जिउनलाई सहजता प्रदान गरोस्, जीवनका हरेक दुःख र सुखका अनेकन मार्गहरूमा सारथी बनोस् आदि इच्छाहरू हुने गर्दछन् ।

यी संसारका प्रत्येक जीवित प्राणीको विशेषता नै हो । फलस्वरूप मानिस विवाह बन्धनमा बाँधिन पुग्दछ ।

यस्तै–यस्तै मानवीय स्वाभावको बिजारोपणले हामीलाई पनि चोखो राख्न सकेन । हामी एक–अर्का बीचको असल जीवन साथी खोजीको तिरले हामी दुबैलाई घायल बनाएर छाड्यो ।

हामी दुबै समाजमा प्रत्येक दिनजसो घटित सम्बन्ध विच्छेद, बालविवाह, आत्महत्या, घरेलु हिंसालगायत विषयमा नजिकबाट जानकार थियौँ । जसले हामीलाई नराम्रोसँग प्रभाव पारेको थियो । जति पनि सम्बन्ध विच्छेद, बालविवाह, आत्महत्या र घरेलु हिंसाहरू हुन्थे अधिकांश कलिलो उमेरमा विवाह, अपरिपक्वता र विवाहपूर्व एक–अर्काप्रति हुने बुझाइको कमीले हुने गरेको सोसँग सम्बन्धित वार्षिक तथ्याङ्कहरूले पुष्टि गर्दथे ।

जसको फलस्वरूप हामीले एक–अर्कालाई बुझ्नमा सात वर्ष समय खर्चियौँ । उमेरको परिपक्वता सँगसँगै हामीले सबल र सक्षम जीवनयापनमा ध्यान दियौँ । जसको प्राप्तिका निम्ति मेहनत गर्यौँ । अन्ततः हामीऔपचारिक विवाहबन्धनमा पुग्यौँ ।

हामी दुबैले सात वर्षसम्म एक–अर्कालाई सतही बुझेर, असल खराब बानी व्यवहारलाई सतही केलाएर विवाह गर्दा अहिले हामी दुबैलाई जीवन जीउन सहज भएको छ । हामीसँगै दुबैको परिवार बीचमा पारस्परिक सम्बन्ध स्थापित भएको छ ।

हामीले त एक–अर्कालाई छान्यौँ, बुझ्यौँ जसको फलस्वरूप बालविवाह, सम्बन्ध विच्छेद र घरेलु हिंसा रोक्नमा एक इँटा थप्न सफल भयौँ । अब पालो तपाई ब्याचलर युवायुवतीहरूको ।

अन्ततः यसै लेखबाट श्रीमतीजीलाई हाम्रो पहिलो विवाह वार्षिकोत्सवको अनगिन्ती शुभकामना (ह्याप्पी फस्ट म्यारिज एनिभर्सरी प्रिया) ।

प्रतिक्रिया
सम्बन्धित