
काठमाडौं, १ असोज । प्रतिनिधिसभाको कार्यकाल औपचारिक रूपमा सकिन अब मोटामोटी एक घण्टाको समय बाँकी छ ।
यसअघि शनिबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको अधिवेशन अन्त्य र कार्यकाल समाप्तीको पत्र सभामुख अग्नी प्रसाद सापकोटाले पढेर बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएसँगै संसदले गर्ने सम्पूर्ण काम अनौपचारिक रूपमा रोकिइसकेको अवस्था छ ।
तर, सभामुख सापकोटा यतिबेला सिंहदरबारभित्रै बसेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्धको महाभियोग प्रस्तावमाथि तयार भएको प्रतिवेदनउपर कामकारबाही गरिहेका छन् ।
स्रोतका अनुसार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको महाभियोग सिफारिस तथा छानबिन समितिले तयार पारेको प्रतिवेदन आजै सभामुख सापकोटाले बुझ्ने तयारी गरेका छन् । सोही कार्यका लागि सापकोटा १२ बजेअघि नै सबै काम सक्नेगरी आफैं खटिइरहेको स्रोतको दाबी छ ।
समितिले जबराको महाअभियोग प्रस्तावमाथि छलफल र बयानका आधारमा चार सय पृष्ठको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनको अहिले फोटोकपी गर्ने काम भइरहेको बताइएको छ ।
समितिका ११ जना सदस्यमध्ये ६ जनाले मात्रै प्रतिवेदनमा हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया