३ कार्तिक २०८३, मंगलबार

१५ वर्षीया बालिका बलात्कार गरेर फरार भएका दोलखाका १८ वर्षीय किशोर पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । १५ वर्षकी एक बालिकालाई जबरजस्ती करणी गरेर भागेका दोलखाका १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने १८ वर्षीय किशोर छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।