
काठमाडौं, १ असोज । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गरिने भएको छ ।
प्रेस काउन्सिलले आफ्नो ५३औँ वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थामध्ये थापालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताएको छ । उक्त पुरस्कारको राशी एक लाख ५१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख १० हजार रुपैयाँ रहेको छ ।
काउन्सिलले प्रदान गर्ने पुरस्कारमध्ये यी दुई ठूला पुरस्कारसहित विभिन्न विधाका पुरस्कारको निर्णय भदौ ३१ मा बसेको बैठकले गरेको हो ।
संसदीय मामला, प्रशासकीय संयन्त्र, जलविद्युत् लगायत क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार थापा कान्तिपुर दैनिकको पूर्वसम्पादक, अन्नपूर्ण पोष्ट दैनिकको पूर्वसम्पादक र हाल ई–कागज अनलाइनको प्रधान सम्पादक छन् ।
उनी भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, दलीय द्वन्द्व, रजगज, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्रजस्ता पुस्तकका लेखक समेत हुन् ।
अरु कुन–कुन विधाका पुरस्कार कस–कसले पाउँदैछन् ? तलको समाचार पढ्नुहोस् ।















प्रतिक्रिया