
काठमाडौं, १ असोज । नेकपा एमालेको सचिवालयले विभिन्न तीन वटा निर्णय गरेको छ ।
आज शनिबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले अगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ ।
त्यस्तै अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै उद्दार तथा राहतको काम तीव्र पार्न सरकारसँग माग गर्ने र मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पनि बैठकले दुःख व्यक्त गरेको जानकारी एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले दिएका छन् ।
आजको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटको आधारहरुबारे जानकारी गराएका थिए । बैठक भोलि पुनः बस्ने छ ।















प्रतिक्रिया