
काठमाडौं, १ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याएका छन् । यो सरकार संविधानविपरीत रहेको र यो प्रतिगमन भएको पनि दाबी गरे ।
यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताए । साथै उनले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लंघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताएका छन् ।
‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरीत परमादेशबाट सरकार गठन हुनु चाहिँ प्रतिगमन नै हो ।’















प्रतिक्रिया