३ कार्तिक २०८३, मंगलबार

स्थानीय तह निर्वाचनका उम्मेदवारलाई नेकपा एसले समानुपातिकको उम्मेदवार नबनाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गत स्थानीय निर्वाचनमा उम्मेदवार बनेका कसैलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार नबनाउने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउनेसम्बन्धी मापदण्ड जारी गर्दै नेकपा एसले उक्त व्यवस्था गरेको जानकारी दिएको हो ।

हाल समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई नदोहोर्‍याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई समानुपातिकको बन्दसूचीमा नराख्ने, विगतमा दुई पटक वा सो भन्दा बढी समानुपातिक सांसद वा राष्ट्रियसभा सदस्य भएकालाई बन्दसूचीमा नराख्ने एकीकृत समाजवादीको मापदण्ड छ ।

त्यस्तै विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने, सम्बन्धित क्लस्टरको वरिष्ठ व्यक्तिलाई समानुपातिक बन्द सूचीमा प्राथमिकता दिने पनि एकीकृत समाजवादीले बताएको छ ।

यस्ता छन् अन्य मापदण्डहरू–