शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

तीन दर्जन भन्दा बढी पत्रकारलाई पुरस्कृत गर्दै प्रेस काउन्सिल नेपाल (सूचीसहित)

दैनिक नेपाल २०७९ असोज १ गते ०:०९

काठमाडौं, १ असोज । प्रेस काउन्सिल नेपालले यो वर्ष तीन दर्जन भन्दा बढी पत्रकार र केही सञ्चारमाध्यमलाई समेत पुरस्कृत गर्ने भएको छ ।

काउन्सिलको ५३औँ वार्षिकोत्सवका अवसरमा ती पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्न लागिएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिएका छन् ।

उनका अनुसार हिजो शुक्रबार बसेको प्रेस काउन्सिल बोर्ड बैठकले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्रेस काउन्सिल नेपालले यही असोज ६ गते ५३औँ वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार वितरण गर्ने काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमको अनुगमन र मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउन भूमिका खेल्दै आएको छ ।

पुरस्कृत हुने पत्रकार र सञ्चार माध्यमको नामावली–

प्रतिक्रिया
सम्बन्धित