
झापा, ३१ भदौ । झापामा एक जना वृद्ध पुरुषले दुई जना बालिकालाई बलात्कार गरी गर्भवती समेत बनाएका छन् ।
मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेलले १७ वर्षीया र ११ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत बनाएका हुन् ।
घटनापछि हाल उनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले आज शुक्रबार उनलाई पक्राउ गरेको हो ।
पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक जबरजस्ती करणी गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
पक्राउ परेका पौडेलमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।















प्रतिक्रिया