३ कार्तिक २०८३, मंगलबार

सर्वोच्च अदालत फर्किने जबराको तयारी

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् ।

महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ । आज (शुक्रबार) जबरासँग समितिले पूरक प्रश्न सोधेको थियो । जबराले भने समितिमै आफूमाथिको महाभियोगको कुनै औचित्य नै नरहेको जवाफ दिएका थिए । प्रतिशोध साँध्ने हिसाबले आफूमाथि महाभियोग लगाईएको उनको दाबी थियो ।

आज मध्यरातिबाट संसद्को कार्यकाल समाप्त हुँदैछ । संसद्को कार्यकाल समाप्त भएसँगै जबरामाथिको महाभियोग स्वतः निश्क्रिय हुने चर्चा चलिरहेको बेला जबरा भने असोज ३ गते सर्वोच्च अदालत फर्किने तयारी गरेका छन् ।

उता, (एमाले) सांसद कृष्णभक्त पोखरेलले अहिलेको संसद्ले लगाएको महाभियोग प्रस्ताव अर्को संसद्मा नजाने स्पष्ट पारेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संसदले नभइ केही सांसदले ल्याएकाले अर्को संसद्मा नसर्ने उनको तर्क छ ।