३ कार्तिक २०८३, मंगलबार

प्रभु उन्नती मुद्दती खातामा रेमिटेन्स जम्मा गर्दा १५% ब्याज पाइने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । प्रभु बैंकको ‘प्रभु उन्नती मुद्दती खाता’मा रेमिटेन्स जम्मा गर्दा १५% ब्याज पाइने भएको छ ।

नजिकिदै गरेको बडा दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी बैंकले विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा उच्च ब्याजदर प्रदान गर्ने योजना अगाडि सारेको हो ।

यसरी प्रभु बैंकको ‘प्रभु उन्नती मुद्दती खाता’मा विदेशबाट पठाइएको रेमिट्यान्स जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको छ ।

यो योजना भोलि असोज १ गतेदेखि लागू हुने छ ।