२८ आश्विन २०८३, बुधबार

थापागाउँ क्षेत्रमा चल्यो महानगरको डोजर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा बनाइएका अनधिकृत संरचना भत्काएको छ ।

त्यस क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा महानगरले डोजर चलाएको हो ।

थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएको छ ।

यस्तै, दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ ।

त्यस्तै, आजै महानगरले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।