२८ आश्विन २०८३, बुधबार

विभिन्न पार्टीबाट हजारौं नेता कार्यकर्ता स्वागत गर्न एमाले अध्यक्ष ओली सिरहामा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज सिरहा पुगेका छन् ।

विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश तथा आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सिरहा पुगेका हुन् ।

सिरहाले गोलबजार नगरपालिकामा ८ चोहर्वा स्थित नमूना जनता मावि प्राङ्गणमा एमालेले जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

उनले विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, एकीकृत समाजवादी लगायतका पार्टीबाट ठुलो संख्यामा एमाले प्रवेश गर्न लागेको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।